राष्ट्रपति भण्डारी र भारतीय विदेश सचिव क्वात्राबिच : भेटवार्ता - Chaitanya News
  • 2026-05-15
  • 14:05:32
  • शुक्रबार,जेठ ०१, २०८३
  • राष्ट्रपति भण्डारी र भारतीय विदेश सचिव क्वात्राबिच : भेटवार्ता

    राष्ट्रपति भण्डारी र भारतीय विदेश सचिव क्वात्राबिच : भेटवार्ता

    काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन्। नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका विदेश सचिव क्वात्रा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्न शीतल निवास पुगेका थिए।

    काठमाडौंस्थित भारतीय दूतावासका अनुसार उक्त अवशरमा सचिव क्वात्राले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुको तर्फबाट शुभकामना सन्देश पनि सुनाएका थिए।

    त्यसअघि विदेशसचिव क्वात्राले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई भेटेका थिए। सोमबार नै परराष्ट्र सचिवस्तरीय बैठकमा समेत उनी सहभागी थिए। नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याललगायतका अधिकारी बैठकमा सहभागी थिए।