बृहत् शान्ति सम्झौता भएको १६ वर्ष पुगिसक्दा पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको छैन : उपराष्ट्रपति पुन - Chaitanya News
  • 2026-05-15
  • 13:10:57
  • शुक्रबार,जेठ ०१, २०८३
  • बृहत् शान्ति सम्झौता भएको १६ वर्ष पुगिसक्दा पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको छैन : उपराष्ट्रपति पुन

    बृहत् शान्ति सम्झौता भएको १६ वर्ष पुगिसक्दा पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको छैन : उपराष्ट्रपति पुन

    जनकपुरधाम – उपराष्ट्रपति नन्दबहादुर पुनले बृहत् शान्ति सम्झौता भएको १६ वर्ष पुगिसक्दा पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बताएका छन्।

    सोमबार मधेस प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको ‘जनयुद्ध दिवस’को अवसरमा बोल्दै उपराष्ट्रपति पुनले मुख्य रुपमा शान्ति सम्झौताको दुई वटा काम अझै बाँकी रहेको बताए। उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत गर्नुपर्ने काम सम्पन्न नभएको बताए।

    उनले सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सम्झौताको बाँकी कामलाई छिटो टुंगोमा पुर्‍याउन आग्रह गरे। उनले भने, ‘वर्तमान संघीय सरकारले शान्तिप्रक्रियाको बाँकी कामलाई छिटोभन्दा छिटो टुंग्याउन गम्भीर भएर काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु।’

    यस्तै, उनले पुनःसंरचनाअनुसार बनेका ७ वटा प्रदेशमध्ये मधेस प्रदेशले पहिचानको आधारमा नामाकरण गर्न सफल भएकोमा मधेस प्रदेशका संसद, सरकार, राजनीतिक दल, संघ संस्था तथा जनतालाई धन्यवाद दिए।