राष्ट्रपतिबारे सहमतिकै बाटोबाट अघि बढ्छौँ : किराँती - Chaitanya News
  • 2026-05-15
  • 13:06:47
  • शुक्रबार,जेठ ०१, २०८३
  • राष्ट्रपतिबारे सहमतिकै बाटोबाट अघि बढ्छौँ : किराँती

    राष्ट्रपतिबारे सहमतिकै बाटोबाट अघि बढ्छौँ : किराँती

    विराटनगर– संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिको बाटोबाट अगाडि बढ्ने बताएका छन्।

    विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास कार्यक्रमका लागि आउनेक्रममा मन्त्री किराँतीले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

    राष्ट्रपतिको निर्वाचन कुनै पार्टी विशेषको कुरा नभएको बताउँदै उनले राष्ट्रिय सहमति हुने व्यक्तित्वको बाटोबाट अगाडि बढ्ने बताएका हुन्।

    एमालेसँग सहमति टुट्ने हो? भन्ने पत्रकारको प्रश्नमा उनले कुनै पार्टीको नाम नलिन भन्दै उनले भने,‘ राष्ट्रिय सहमतिको बाटोबाट अगाडी बढ्छ, किनभने संविधानको भावना नै त्यही छ, राष्ट्रपति भनेको राष्ट्रिय एकताको प्रतिक पनि हो।’

    मन्त्री किराँतीको सक्रियताको विषयमा सोतिएको प्रश्नमा उनले रचनात्मक काम गर्दा स्टन्ट भनिने बताउँदै उनले देशमा केही काम नभएको आफ्नो ड्युटी पूरा गर्दा स्टन्ट भन्ने गरिएको बताए। उनले विमानस्थलको प्रसंगमा ५० प्रतिशतभन्दा बढी विमानस्थल घाम तापेर बसेको बताए। उनले ५० प्रतिशत विमानस्थलमा जहाजहरु उड्न नसकेको बताउदै आवश्यकताको आधारमा दबाबको आधारमा विमानस्थल बनाइएको बताए।

    यसमा पनि अध्ययन गर्नुपर्ने छ। विराटनगरको एयरपोर्टको इतिहास आधा शताब्दीभन्दा बढी छ, यसलाई अझै राम्रो बनाउनुपर्छ।’ उनले भने,‘सुविधा सम्पन्न भव्य टर्मिनल भवनको शिलन्यास गर्न म आएको हो।’ उनले यसले पूर्वी नेपालको कोशेढुंगा सावित बताउँदै यसको विस्तारको कुरा सम्भाविता अध्ययन र आवश्यकताको भरमा रहने बताए। उनले भने,‘रहरको भरमा घाम तपाएर राख्नुपर्ने आवश्यकता छैन। ’