काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले प्रशिक्षक मोन्टी देशाई आएपछि नेपाली टिममा निकै सुधार देखिएको बताएका छन्।
सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्कटल्याण्ड र नामिवियासँगको खेलका लागि नेपाली टिम तयार रहेको बताए।
मोन्टी देशाई आएपछि नेपाली टिमको प्रशिक्षण निकै फलदायी भएको पौडेलले उल्लेख गरे।
नेपालले मंगलबारदेखि सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्ड र नामिवियासँग खेल्दैछ। खेल टीयू खेल मैदान कीर्तिपुरमा हुनेछ।
लिग– २ नेपालका लागि एकदिवसीय विश्वकपको छनोट प्रतियोगितासम्म पुग्ने बाटो हो। सात टिम सहभागी यस लिगमा नेपाल २४ खेलमा १८ अंकसहित छैठौं स्थानमा छ।