धनगढीमाईले माग्यो ठूलो संख्यामा कर्मचारी - Chaitanya News
  • 2026-05-06
  • 09:46:06
  • बुधबार,बैशाख २३, २०८३
  • धनगढीमाईले माग्यो ठूलो संख्यामा कर्मचारी

    धनगढीमाईले माग्यो ठूलो संख्यामा कर्मचारी

    सिरहा- धनगढीमाई नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा ६४ जना कर्मचारी माग गरेको हो।

    नगरपालिकाको अनुसार चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुरुप किसान सूचीकरण तथा वर्गीकरण कार्यक्रम अन्तर्गत तथ्यांक संकलनका लागि कर्मचारी माग गरिएको छ।

    नगरपालिकाको अनुसार वडा नम्बर १ देखि ४ सम्म सूचीकरण र १ देखि १४ वटै वडामा बर्गीकरणका लागि ६४ जना कर्मचारी माग गरिएको हो। योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ।

    मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ उत्तीर्ण गरेका व्यक्तिले आवेदन दिन सक्नेछन्। छोटो सूचीमा परेका व्यक्तिलाई अन्तवार्तामार्फत छनोट गरिने नगरपालिकाले जनाएको छ।