काठमाडौँ आइपुगे भारतीय विदेश सचिव क्वात्रा - Chaitanya News
  • 2026-05-06
  • 09:46:12
  • बुधबार,बैशाख २३, २०८३
  • काठमाडौँ आइपुगे भारतीय विदेश सचिव क्वात्रा

    काठमाडौँ आइपुगे भारतीय विदेश सचिव क्वात्रा

    काठमाडौँ – भारतीय विदेशसचिव विनयमोहन क्वात्रा काठमाडौँ आइपुगेका छन् । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा केही बेरअघि काठमाडौँ आइपुगेका हुन् ।

    उनले अब लगत्तै परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । होटल याक एन्ड यतिमा हुने भेटवार्तामा कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृतिलगायत द्विपक्षीय सहकार्यका आधा दर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाँडै गर्ने भारत भ्रमणबारे पनि कुराकानी हुनेछ। प्रचण्डलाई उनले नेपाल भ्रमणको निम्ता दिने बताइएको छ। क्वात्राले आजै परराष्ट्रमन्त्री विमला राईसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि उनले दिउँसो प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम छ ।

    क्वात्राले नेपाल रहँदा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत राजनीतिक दलका नेताहरूसँग पनि भेट्नेछन् । भ्रमण सकेर भारतीय विदेशसचिव भोलि स्वदेश फर्किनेछन् ।