औषधि लिमिटेडको महाप्रबन्धकका लागि दरखास्त आह्वान - Chaitanya News
  • 2026-05-06
  • 08:52:28
  • बुधबार,बैशाख २३, २०८३
  • औषधि लिमिटेडको महाप्रबन्धकका लागि दरखास्त आह्वान

    औषधि लिमिटेडको महाप्रबन्धकका लागि दरखास्त आह्वान

    काठमाडौं- नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका दरखास्त आह्वान गरिएको छ। सोमबार सूचना प्रकाशित गर्दै आवेदन मागिएको हो।

    रिक्त पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिनेछ। योग्यता पुगेका नेपालीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन्।

    “नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्त गर्नुपर्ने भएकोले देहायको योग्यता भएका नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन कार्यालय समयभित्र यस मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौंमा आवेदन दिन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,” सूचनामा उल्लेख छ।