आजको मौसम : तराईमा हुस्सु, हिमालमा हिमपात - Chaitanya News
  • 2026-05-06
  • 08:52:28
  • बुधबार,बैशाख २३, २०८३
  • आजको मौसम : तराईमा हुस्सु, हिमालमा हिमपात

    आजको मौसम : तराईमा हुस्सु, हिमालमा हिमपात

    काठमाडौं – मुलकका सबैजसो भू-भागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    उता, राती पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आइतवारसम्म पहाडी भुभागमा हिमपात भए पनि सोमवार भने त्यस्तो हुने छैन।

    हिजो प्रदेश १ र गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात परेको तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भु-भागका केही स्थानमा अपरान्हतिर हावाहुरी चलेको थियो।

    तराई मधेसका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।