२ महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्छौँ स् माओवादी : अध्यक्ष प्रचण्ड - Chaitanya News
  • 2026-05-15
  • 12:58:05
  • शुक्रबार,जेठ ०१, २०८३
  • २ महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्छौँ स् माओवादी : अध्यक्ष प्रचण्ड

    २ महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्छौँ स् माओवादी : अध्यक्ष प्रचण्ड

    काठमाण्डौ– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन।

    आइतवार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बाग्मती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले यो कुरा बताएका हुन। बैठकलाई सम्बोधन गर्दै उनले भने ‘पार्टीको स्थायी समिति बैठकले दुई महिना सङ्गठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अब पार्टीका सबै नेता, कार्यकर्ता नागरिककोमा जानुछ। दुई महिना पार्टीका तल्ला कमिटीमा जान्छौँ, कार्यकर्ता र नागिरकसँग अन्तरक्रिया गर्छौँ। अहिले बेला भएको छैन, दुई महिने अभियानले हाम्रो अवस्था र कार्यकर्ता, नागरिकको आकाङ्क्षा पहिचान हुन्छ’, उनले भने ‘त्यसको आधारमा केन्द्रीय समितिको पूर्ण बैठक बसेर पार्टीको व्यापक रूपान्तरण गर्छौँ।’

    आफूहरूले सरकारको नेतृत्व गरिरहेको र यो आफूहरूका लागि चुनौतीपूर्ण अवसर हो भन्दै प्रधानमन्त्रीले भने ‘यो कार्यकाललाई नयाँ शिराबाट लैजान खोजेका छौँ। सरकारले नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्छ। सरकारले राम्रो काम गर्नु भनेको पार्टी पुनर्निर्माणको आधार तयार पार्नु पनि हो। तपाईँहरू पनि यसलाई केन्द्रमा राखेर काम गर्नुहोला।’

    विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको भन्दै उनले भने ‘विश्वासको मतअघि एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बन्यो। सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्नुछ। हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ। त्यस कारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु।’