टर्कीमा भूकम्पपछि लुटपाट तथा ठगी गर्ने ४८ जना पक्राउ - Chaitanya News
  • 2026-05-06
  • 08:52:01
  • बुधबार,बैशाख २३, २०८३
  • टर्कीमा भूकम्पपछि लुटपाट तथा ठगी गर्ने ४८ जना पक्राउ

    टर्कीमा भूकम्पपछि लुटपाट तथा ठगी गर्ने ४८ जना पक्राउ

    टर्की– (टुर्किये) का अधिकारीहरूले भूकम्पपछि लुटपाट तथा ठगी गर्ने ४८ जनालाई पक्राउ गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले खबर दिएको छ।

    विभिन्न आठवटा प्रान्तमा ती व्यक्तिहरूलाई पक्राउ गरिएको एनाडोलु समाचार संस्थाले लेखेको छ।

    दक्षिणको हाटे प्रान्तमा लुटपाट गर्ने ४२ जनालाई पक्राउ गरिएको छ भने गानियान्टेपमा एकजना पीडितलाई फोनमार्फत ठग्ने ६ जनालाई पक्राउ गरिएको छ।

    गत सोमवार आएको भूकम्पमा परी २८ हजारजनाको ज्यान गएको छ।

    टुर्कियेका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले दक्षिणपूर्वी टर्कीका १० वटा प्रान्तमा तीन महिनाको संकटकाल घोषणा गरेका छन्।

    संकटकालबाट प्राप्त अधिकारपछि प्रहरीले लुटपाटका अपराधमा संलग्न व्यक्तिहरूलाई थप तीन दिन हिरासतमा राख्न पाउने भएका छन्। यसअघि उनीहरूलाई चार दिनसम्म हिरासतमा राख्न पाइन्थ्यो।