माधव नेपाल भन्छन्- रेशम चौधरीको रिहाइ आवश्यक छ - Chaitanya News
  • 2026-05-15
  • 12:58:04
  • शुक्रबार,जेठ ०१, २०८३
  • माधव नेपाल भन्छन्- रेशम चौधरीको रिहाइ आवश्यक छ

    माधव नेपाल भन्छन्- रेशम चौधरीको रिहाइ आवश्यक छ

    धनगढी- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीको रिहाइ आवश्यक रहेको बताएकाछन् । धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधाननमन्त्री रहेका नेपालले राजनीतिक प्रकृतिका मुद्दालाई चाँडो टुंगो लगाउनु पर्नेभन्दै उनले रेशमको रिहाइ आवश्यक रहेको बताएका हुन् ।

    शान्ति प्रक्रियासँग जोडिएका, विप्लवका मुद्दा, आफूहरूकै पनि कतिपय मुद्दा चाँडो टुंगोमा पुर्‍याउनुपर्ने उनको धारणा थियो । सुदूरपश्चिममा एमाले नेतृत्वको सरकारलाई रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ढलेको थियो ।

    माओवादी केन्द्रसमेतको सहभागिता रहेको सरकार ढलेपछि सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस नेतृत्वमा सरकार बनेको छ र एकीकृत समाजवादी पनि सरकारमा सम्मिलित छ । यो सरकारले पनि ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । त्यसका लागि नागरिक उन्मुक्ति वा माओवादी केन्द्रका सांसदहरुको मत आवश्यक पर्छ ।