काठमाडौं– मधेस प्रदेश सरकारले सोमबार जनयुद्ध दिवस मनाउन लागेको छ। मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय मातहत रहेको मधेशी शहीद प्रतिष्ठानले जनयुद्ध दिवस मनाउन लागेको हो।
प्रतिष्ठानले सोमबार मधेश भवनस्थित कवर्ड हलमा बिहान साढे १० बजे उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा जनयुद्ध दिवस मनाउन लागेको गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले जानकारी दिए।