हिमाली जिल्लामा पुस्तक कहिले पुग्छ? : ज्ञानेन्द्र शाही - Chaitanya News
  • 2026-05-15
  • 11:57:34
  • शुक्रबार,जेठ ०१, २०८३
  • हिमाली जिल्लामा पुस्तक कहिले पुग्छ? : ज्ञानेन्द्र शाही

    हिमाली जिल्लामा पुस्तक कहिले पुग्छ? : ज्ञानेन्द्र शाही

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले हिमाली जिल्लाहरूमा अझै किताब नपुगेको बताउँदै तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

    प्रतिनिधिसभाको बैठकमा आइतबार उनले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।

    उनले समयमा मतपत्र छाप्ने सरकारले किताब छाप्न किन सक्दैन भन्दै प्रश्नसमेत गरे। उनले भने, ‘हिमाली जिल्लामा अझै किताब पुगेको छैन, जुम्लालगायत जिल्लामा फागुन १ देखि नयाँ शैक्षिक सत्र शुरू हुन्छ, तत्कालै हिमाली जिल्लामा किताब पठाउनुपर्छ।’