काठमाडौं- शिक्षक सेवा आयोगले कार्य सम्पादन मुल्यांकनको आधारमा निम्न माध्यमिक तह द्वित्तीय श्रेणीका शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ।
शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, बागमती प्रदेश हेटौंडाको निर्णय अनुसार शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो ।
बढुवाका लागि निवेदन दिएका उम्मेदवार मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकको नमावली प्रकाशित गरिएको आयोगले जनाएको छ।
बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत आयोगले जनाएको छ।
![]()