प्रधानमन्त्री प्रचण्ड र इजिप्टकी राजदूत एल्गेबालीबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता - Chaitanya News
  • 2026-05-15
  • 11:58:03
  • शुक्रबार,जेठ ०१, २०८३
  • प्रधानमन्त्री प्रचण्ड र इजिप्टकी राजदूत एल्गेबालीबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र इजिप्टकी राजदूत एल्गेबालीबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबालीले शिष्टाचार भेटवार्ता गरेकी छन्।

    आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनले प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी हुन्।

    भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।