काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भूकम्प पीडितले पाँच वर्ष बितिसक्दा पनि सरकारले दिने राहत रकम नपाएको बताएका छन्।
आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले राहत रकम तुरुन्त व्यवस्था गर्न माग गरे।
भूकम्प पीडितहरुले घर बनाइसके। तीन लाख पाउने भनेको अहिलेसम्म पाएका छैनन्। बनाएका घरहरुलाई तीन लाख दिने भनेको तुरुन्त व्यवस्था होस्,” उनले भने, “थप एक लाख दिने भनेको कहिलेसम्म पाउँछन्?।”