अर्थका तीन सहसचिवको सरुवा, कसलाई कहाँ खटाइयो? - Chaitanya News
  • 2026-06-23
  • 13:43:37
  • मंगलबार,आषाढ ०९, २०८३
  • अर्थका तीन सहसचिवको सरुवा, कसलाई कहाँ खटाइयो?

    अर्थका तीन सहसचिवको सरुवा, कसलाई कहाँ खटाइयो?

    काठमाडौं- अर्थ मन्त्रालयले तीन सहसचिवको सरुवा गरेको छ। मन्त्रालयले सहसचिवहरू डिलाराम पन्थी, रमेश अर्याल र रामप्रसाद आचार्यको सरुवा गरेको हो।

    भन्सार विभाग, वीरगञ्ज भन्सार कार्यालयमा सहसचिव डिलाराम पन्थीलाई खटाइएको छ। रमेश अर्याललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारीमा पठाइएको छ। रामप्रसाद आचार्यले राजस्व तालिम केन्द्रको जिम्मेवारी पाएका छन्।