हुलाक सेवाको पुनर्संरचना गर्न आवश्यक छ : सञ्चारमन्त्री शर्मा - Chaitanya News
  • 2026-05-15
  • 11:57:38
  • शुक्रबार,जेठ ०१, २०८३
  • हुलाक सेवाको पुनर्संरचना गर्न आवश्यक छ : सञ्चारमन्त्री शर्मा

    हुलाक सेवाको पुनर्संरचना गर्न आवश्यक छ : सञ्चारमन्त्री शर्मा

    बुटवल– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको पुनर्संरचना गर्न आवश्यक रहेको बताएकी छन् आइतबार दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले परम्परागत संरचनालाई समयानुकूल परिमार्जन गर्न आवश्यक रहेकामा जोड दिइन्।

    समयसापेक्ष सूचना प्रविधि र संघीय संरचनाअनुसार काम अघि बढाउने गरी ‘ड्राफ्ट’ तयार भइसकेको उनले उल्लेख गरिन्।

    उनले सबै सरकारी सञ्चारमाध्यम प्रादेशिक संरचनाअनुसार सञ्चालन हुनुपर्ने पनि बताइन्।

    अनलाइन दर्ता, नवीकरणलगायत कामका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्दै प्रदेश तहबाटै ती काम गर्ने व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिइन्।