काठमाडौँ– नेपाल विद्युत् प्राधिकरण अन्तर्गत गोटागन्तीमा काम गर्दै आएका मिटर रिडर मजदुरहरूले ज्यालादारी नियुत्तिपत्र उपलब्ध गराउनुपर्ने भन्दै केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्।
समान श्रममा आधारित ज्याला पद्धतिको विकास गर्नुपर्ने र ज्यालादारी नियुक्ति पत्र उपलब्ध गराउनुपर्ने भन्दै गोटागन्ती मिटर रिडर संघर्ष समितिले काठमाडौँको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन्। प्राधिकरणले गोटागन्तीका मजदुरहरूलाई ज्यालादारीमा कायम नगरेको र प्राधिकरणको सेवा सुविधाबाट वञ्चित गरेको उनीहरूको आरोप छ।
उनीहरुहरूले लामो समयदेखि नै मिटर रिडरको काम गर्दै आएको भए पनि कुनै सेवा नपाएको गुनासो गरेका छन्।
उनीहरूले गोटा नियुक्ति र बर्खास्त प्रक्रिया बन्द गर्नुपर्ने, सार्वजनिक बिदा बाहेक वर्षमा १२ दिनसम्म भइपरी आउने बिदा र ६० दिन सुत्केरी बिदा दिनुपर्ने माग पनि राखेका छन्।