व्यवसायीहरु कमाउनका लागि भन्दापनि बाँच्नका लागि संघर्ष गरिरहेका छन् : भरत भट्टराई - Chaitanya News
  • 2026-10-28
  • 19:27:50
  • बुधबार,कार्तिक १२, २०८३
  • व्यवसायीहरु कमाउनका लागि भन्दापनि बाँच्नका लागि संघर्ष गरिरहेका छन् : भरत भट्टराई

    व्यवसायीहरु कमाउनका लागि भन्दापनि बाँच्नका लागि संघर्ष गरिरहेका छन् : भरत भट्टराई

    काठमाडौं– नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघरसंस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन्। आज पत्रकार सम्मेलन गरी उनीहरुले आन्दोलनको घोषणा गरेका हुन्। ‘अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा रहेका व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आउनुमा बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, नीजि स्वार्थ, सरकारले दीर्घकालीन उत्पादनमुखी अर्थतन्त्रमा प्राथमिकता नदिनुमा राजनीतिक र गैरजिम्मेवार शैली मुख्य हो। व्यवसायी आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस्,’ पत्रकार सम्मेलनका सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ। बैंकिङ व्याजदर एक प्रतिशत कार्यम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने, सेवा शुल्क घटाउनु पर्ने लगायतका माग महासंघले राखेको छ।

    नेपाल मोबाईल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई अहिलेका युवा पुस्तालाई यो देशमा गरिखाने वातावरण नभएको बताए। आफूहरुले अहिले कमाउनका लागि भन्दापनि बाँच्नका लागि संघर्ष गरिरहेको उनको भनाई छ। आफूहरु नयाँ प्रविधि भित्र्याउन लागिपरेपनि सरकारले यसतर्फ ध्यान दिन नचाहेकोे भन्दै युवालाई गरिखाने वातावरण बनाइदिन उनले सरकारसँग आग्रह गरे।