जुम्लामा १० शय्याको आँखा अस्पताल निर्माण गर्न पहल - Chaitanya News
  • 2026-05-02
  • 13:29:51
  • शनिबार,बैशाख १९, २०८३
  • जुम्लामा १० शय्याको आँखा अस्पताल निर्माण गर्न पहल

    जुम्लामा १० शय्याको आँखा अस्पताल निर्माण गर्न पहल

    जुम्ला– नेत्र ज्योति संघ जुम्लाले आँखा उपचार केन्द्रलाई स्तर उन्नति गरी चन्दननाथ नेत्र ज्योति संघ आँखा अस्पताल स्थापना गर्न पहल थालेको छ। संघका सभापति धनबहादुर बस्नेतका अनुसार हरेक वर्षको २–३ पटक आँखाको शल्यक्रिया गर्नका लागि शिविर सञ्चालन गर्नु परेको छ। सधैँ बाहिरबाट चिकित्सक ल्याएर शिविर सञ्चालन गर्नु भन्दा दैनिक शल्यक्रिया हुने गरी १० बेडको आँखा अस्पताल नै स्थापना गर्न थालिएको उनले बताए।

    वर्षमा एक पटक मात्रै शिविर सञ्चालन गर्दा ३ सय जनाभन्दा बढीको आँखा शल्यक्रिया र ३ हजार ५ सय भन्दा बढीको आँखा परीक्षण हुने गरेको छ। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका नेपाल नेत्र ज्योति संघ केन्द्रले उपकरण र एक जना चिकित्सक पठाएको छ। ‘चिकित्सकलाई सहयोग गर्ने दुई जना कर्मचारी भर्ना गर्नका लागि स्थानीय सरकार नगर तथा गाउँपालिकासँग सहयोग मागेका छौँ,’ उनले भने, ‘अहिले हामी यहाँका स्थानीय तह चन्दननाथ नगरपालिका, हिमा, सिजा, कनकासुन्दरी, तिला, तातोपानी, पातारासी र गुठीचौर गाउँपालिका जुम्लासँग सहयोगका लागि भेटघाट कार्यक्रम थालिएको छ।’