चिकित्सक संघको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र - Chaitanya News
  • 2026-05-02
  • 13:30:07
  • शनिबार,बैशाख १९, २०८३
  • चिकित्सक संघको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र

    चिकित्सक संघको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र

    काडमाडौं- नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरु अलमलमा परेका छन ।

    ट्रमा सेन्टरका एक चिकित्सकमाथी सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन ।

    स्याङजका एक बिरामी रामेश्वर न्यौपाने भन्छन, ‘अस्पतालमा उपचारका लागि आईयो तर यहाँ तालाबन्द छ, अब कसरी उपचार गर्नु ? अलपत्र परियो ।’ सरकारले सो घटनामा संलग्न एक बरिष्ठ उपरिक्षकलाई निलम्बन गरेको घोषणा गरिसक्दा पनि चिकित्सक संघले अझै आन्दोलन फिर्ता लिएको छैन ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भने बिहानै देखी सरकार र चिकित्सिक संघका पदाधिकारी बिच बार्ता भने भईरहेको छ ।