काठमाडौँ – सत्ता साझेदार गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको अहिले बसिरहेको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बलुवाटारमा जारी बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताहरू सहभागी रहेका छन् ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संयन्त्र संयोजकसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।
आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न संयन्त्र बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा सत्ता साझेदार दलका अन्य नेताहरु भने अनुपस्थित रहेका रहेका छन् । गठबन्धनमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी रन्जीता श्रेष्ठ चौधरी भने अनुपस्थित रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरू सरकारबाट फिर्ता बोलाए पछि गठबन्धन संकटमा परेको विश्लेषण भइरहेका बेला संयन्त्रको बैठक बसिरहेको हो । यस अघि शुक्रबार पनि चार नेताले छलफल गरेका थिए ।
यस्तै फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन, रास्वपालाई पुन: सरकारमा ल्याउने, खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्ने विषयमा छलफल हुने बुझिएको छ ।