काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि अपराधिक घटना हुन नदिनु नै सरकारको दायित्व रहेको बताएकी छन्।
शुक्रबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले घटना भएपछि पुग्नुभन्दा घटना हुन नदिनु नै सरकारको दायित्व भएको बताएकी हुन्।
शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ भएकाले मात्र राम्रो प्रतिफल दिन सक्ने भन्दै उनले स्वास्थ्यकर्मीको परिचालन, स्वास्थ्य सामग्री र औषधीको नियमित उपलब्धताले मात्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि हुने बताइन्।
औषधीको अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्नेगरी सरकारले काम गर्नुपर्ने उनको भनाइ छ।