नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दसौंदीले लिए शपथ - Chaitanya News
  • 2026-06-30
  • 13:01:48
  • मंगलबार,आषाढ १६, २०८३
  • नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दसौंदीले लिए शपथ

    नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दसौंदीले लिए शपथ

    काठमाडौं– नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले शपथ लिएका छन्।

    उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
    माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप–निर्वाचनबाट दसौंदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए।

    उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन्।
    नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको हो।