दाङको गुरुकुलमा आगलागी हुँदा ७ लाख क्षति - Chaitanya News
  • 2026-10-28
  • 19:27:57
  • बुधबार,कार्तिक १२, २०८३
  • दाङको गुरुकुलमा आगलागी हुँदा ७ लाख क्षति

    दाङको गुरुकुलमा आगलागी हुँदा ७ लाख क्षति

    घोराही– दाङमा गोरखनाथ वैदिक गुरुकुलका वटुक सुत्ने हलमा आगलागी हुँदा करिब ७ लाख बराबरको क्षति भएको छ।

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शुक्रबार बिहान करिब ४ बजेतिर घोराही उपमहानगरपालिका १७ चौघेरास्थित गोरखनाथ वैदिक गुरुकुलका वटुकहरू सुत्ने हलमा एक्कासि विद्युतको तार सर्ट भई आगलागी हुँदा करिब ७ लाख बराबरको क्षति भएको हो।

    आगो लागेको भन्ने सूचना प्राप्त हुँदा तत्काल अस्थायी प्रहरी पोष्ट चौघेरा र जिप्रका दाङ, घोराही उपमहानगरपालिकाको दमकल सहितको टोलीले करिब ४० मिनेटमा पूर्ण रूपमा नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए।

    उनका अनुसार आगलागीबाट टिन, काठ, लत्ताकपडा, अन्नपात भाँडा बर्तन र भवन कोठामा क्षति हुँदा करिब ७ लाख बराबरको क्षति भएको हो।

    यस्तै आगलागीबाट भने कुनै पनि मानवीय क्षति नभएको र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको ।