पूर्वकर्मचारी संघद्वारा ‘अवकाश’को १०औँ अंक सार्वजनिक - Chaitanya News
  • 2026-10-28
  • 19:27:51
  • बुधबार,कार्तिक १२, २०८३
  • पूर्वकर्मचारी संघद्वारा ‘अवकाश’को १०औँ अंक सार्वजनिक

    पूर्वकर्मचारी संघद्वारा ‘अवकाश’को १०औँ अंक सार्वजनिक

    काठमाडौं– आर्थिक तथा साहित्यिक विषयका लेखहरू संग्रहित स्मारिका ‘अवकाश’को १०औँ अंक सार्वजनिक भएको छ। राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी संघद्वारा उक्त स्मारिका प्रकाशित गरिएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलगायतले अवकाशको सामुहिक विमोचन गर ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि किरणकुमार श्रेष्ठले बैंकबाट निवृत्त कर्मचारीहरूको सिर्जनशीलता र सक्रियता देखेर आफूलाई खुसी लागेको बताए। उनले पूर्व कर्मचारी संघलाई बैंककातर्फबाट सक्दो सहयोग मिल्ने प्रतिवद्धता जनाए।

    कार्यक्रममा पूर्व कर्मचारी तथा साहित्यकार देवीचन्द्र श्रेष्ठले बैंकको इतिहास समेटेर पुस्तक प्रकाशित गर्नुपर्ने धारणा राखे। कार्यक्रममा ‘अवकाश’का प्रधान सम्पादक विनोद नेपाल, संघका अध्यक्ष दिनेशविक्रम थापा, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, लक्ष्मीप्रसाद पराजुलीलगायतले बोलेका थिए।