काठमाडौं– कुमारी आमाको नामले परिचित निहारिका राजपुतले आफ्नो प्रेमी शिवराज श्रेष्ठसँग लगनगाँठो कसेकी छन्। उनीहरूले जनकपुरको जानकी मन्दिरमा विवाह गरेका हुन्।
निहारिकाले शिवराजमाथि बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन्। उक्त मुद्दा विचाराधीन छँदै धनुषा जिल्ला अदालतमा उनले शिवराजसँग मिलापत्र गरिन्। उनीहरूबीच विवाह गरेर श्रीमान्श्री–मतीका रूपमा मिलेर बस्ने समझदारी भएको थियो। उनीहरूका पहिल्यै एक छोरा छन्।
आज भएको विवाहमा निहारिकाको माइती परिवार उपस्थित भएनन्। शिवराजसँग प्रेम भएपछि माइतीले उनलाई ‘बहिष्कार’ गरेका थिए। शिवराजको परिवार र निहारिकाका केही साथीहरू विवाहमा उपस्थित थिए।