उच्चस्तरीय संयन्त्रको बैठकमा गएनन् उपेन्द्र, सीके र रञ्जिता - Chaitanya News
  • 2026-05-01
  • 17:37:49
  • शुक्रबार,बैशाख १८, २०८३
  • उच्चस्तरीय संयन्त्रको बैठकमा गएनन् उपेन्द्र, सीके र रञ्जिता

    उच्चस्तरीय संयन्त्रको बैठकमा गएनन् उपेन्द्र, सीके र रञ्जिता

    काठमाडौँ-  सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको छ । गठबन्धनमा सात दल आबद्ध छन् । तर, बैठकमा चार दलका नेता मात्र सहभागी छन् ।

    बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी शीर्ष नेता बैठकमा अनुपस्थित भएका छन् ।

    जसपाका अध्यक्ष उपेन्द्र यादव अहिले जनकपुरमा रहेको बुझिएको छ भने नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी संयन्त्रको बैठक चल्दै गर्दा डिल्लीबजार कारागार पुगेकी छन् । त्यहाँ उनले रेशम चौधरीसँग भेटवार्ता गरिरहेकी छन् । जनमतका अध्यक्ष सिके राउत अहिले काठमाडौँ उपत्यका बाहिर रहेका सो पार्टीका नेताले बताए ।

    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ । पछिल्लो समयमा सत्ता गठबन्धनमा असन्तुष्टि देखिएको छ ।