भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँदै - Chaitanya News
  • 2026-05-01
  • 17:37:22
  • शुक्रबार,बैशाख १८, २०८३
  • भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँदै

    भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँदै

    काठमाडौँ – भारतीय विदेश सचिव मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन्। आगामी फागुन १ गते सोमवार उनी नेपाल आउन लागेका हुन् ।

    परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफ्नो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् ।

    सो अवसरमा विदेश सचिव क्वात्राले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने छन्।