शिक्षक सेवा आयोगले खोल्यो निमावि तहको विज्ञापन - Chaitanya News
  • 2026-05-01
  • 17:37:49
  • शुक्रबार,बैशाख १८, २०८३
  • शिक्षक सेवा आयोगले खोल्यो निमावि तहको विज्ञापन

    शिक्षक सेवा आयोगले खोल्यो निमावि तहको विज्ञापन

    काठमाडौं- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ। आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको जनाएको छ।

    न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट माघ २७ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुपर्ने आयोगले जारी सूचनामा उल्लेख गरिएको छ।

    उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ।

    विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट httpsM://tsc.gov.np डाउनलोड / सूचना/विज्ञापन tab बाट प्राप्त गर्न र हेर्न सकिने जनाएको छ।