लोकसेवा उपयोगी सामग्री [४६] - Chaitanya News
  • 2026-05-01
  • 17:37:22
  • शुक्रबार,बैशाख १८, २०८३
  • लोकसेवा उपयोगी सामग्री [४६]

    लोकसेवा उपयोगी सामग्री [४६]

    १. अक्षांशको उपयोगिता तलका मध्ये कुन हो?

    A) कुनै स्थान भूमध्यरेखाबाट उत्तर वा दक्षिणपट्टि कुन दूरीमा पर्छ भन्ने थाहा पाउन
    B) हावाको अवस्था पत्ता लगाउन
    C) कुनै समयमा कुनै निश्चित ठाउँको दिन र रात थाहा पाउन
    D) माथिका सबै

    २. नेपालको प्रमाणिक समय कुन हिमाललाई आधार मानी निर्धारण गरिएको छ?

    A) लाङटाङ B) सगरमाथा C) गौरीशंकर D) मनास्लु

    ३. नेपालमा मात्र हुने अन्तराष्ट्रिय स्तरको एक मात्र खेल कुन हो?

    A) हात्तिपोलो B) गल्फ C) ब्याडमिन्टन D) बेसबल

    ४) काठमाडौं महानगरपालिका कहिले देखि प्लाष्टिक झोला मुक्त क्षेत्र घोषण भयो?

    A) २०६९ माघ १२ B) २०७१ जेठ २६ C) २०७० असार १ D) २०६९ वैशाख १२

    ५. ‘The political relation between Nepal and India’नामक पुस्तकका लेखक को हुन्?

    A) नरेन्द्र मोदी B) पुष्पकमल दाहाल C) शिवशंकर मेनन् D) सुशिल कोइराला

    ६. देहायको कुन भनाइ सही छ?

    A) मौसम अक्षांशमा भर पर्दैन अर्थात् अक्षांश फरक परेतापनि मौसम एकै प्रकारको हुन सक्छ।
    B) जलवायु अक्षांशमा भर पर्छ।
    C) जलवायु विभिन्न प्रकारका मौसमको समष्टिगत रुप हो।
    D) माथिका सबै

    ७. दोस्रो संविधान सभाको निर्वाचन कहिले सम्पन्न भयो?

    A) २०७० मंसिर ४ B) २०७० मंसिर ४ C) २०७० मंसिर ६ D) २०७० मंसिर १४

    ८. नेपाली सेनाका सर्वोच्च परमाधिपति को हुने व्यवस्था छ?

    A) प्रधानमन्त्री B) राष्ट्रपति C) प्रधानन्यायधिश D) प्रधानसेनापति

    ९. द्वितीय विश्वयुद्धमा नेपाल कुन राष्ट्रको तर्फबाट युद्धमा सम्मिलित भएको थियो?

    A) जर्मनी B) फ्रान्स C) बेलायत D) इटाली

    १०. तल दिइएका कथनहरुको अध्ययन गर्नुहोस्।

    A) अमेरिकी स्वतन्त्रता संग्राम ८ वर्षसम्म चलेको थियो।
    B) रुसी क्रान्तिलाई अक्टोबर क्रान्तिका नामले पनि चिनिन्छ।
    C) प्रथम विश्वयुद्धमा १६,५४४ जना नेपाली सेना संलग्न थिए।
    D अमेरिकाले सन् १९४५ अगष्ट ९ मा नागाशाकिमा खसालेको अणुबमको नाम फ्याटम्यान थियो।

    माथि उल्लेखित कथनहरुमा कुन-कुन कथन सही छन्।
    A. A र B मात्र B) B र C मात्र C) A, B र C मात्र
    D) A, B, C र D सबै

    ११. नेपालले विश्व व्यापार संगठनको सदस्यता कहिले प्राप्त गर्‍यो?

    A) सन् २००४ अप्रिल ३ B) सन्२०७० मंसिर १४ C) सन् २००४ अप्रिल २३ D) सन् २००४ जून ६

    १२. नेपाल पर्यटन वर्ष २०११ को मूल नारा के थियो?

    A) पर्यटनमा नयाँ आयाम B) पर्यटनका लागि सँगसँगै
    C) पर्यटकका लागि सँगसँगै D) कुनै पनि होइन

    १३. प्रकाशको तिब्रता नाप्ने यन्त्र कुन हो?

    A) अडोमिटर B) फोटोमिटर C) व्यारोमिटर D) ल्याक्टोमिटर

    १४. बुद्ध सर्किट भन्नाले के बुझिन्छ?

    A) भगवान बुद्धको जन्म स्थान लुम्विनी जाने बाटो B) बुद्ध धमर्मसँग सम्बन्धित र नियम C) बौद्ध धर्मसँग सम्बन्धीत चार धाम D) बौद्ध धर्मावलम्विको प्रमुख चाड
    A. A B. D C. C D. B

    १५. छैठौं राष्ट्रिय कृषि गणना २०६८/६९ अनुसार सबैभन्दा बढी कृषियोग्य जमिन भएका पाँच जिल्ला कुन कुन हुन्?

    A) मोरङ, झापा, सर्लाहि, रौतहट, कपिलवस्तु B) झापा, मोरङ, सर्लाहि, नवलपरासी, रुपन्देही C) मोरङ, झापा, सर्लाहि, चितवन, कपिलवस्तु D) मोरङ, झापा, सर्लाही, सिराहा, सुनसरी

    लोकसेवा आयोगद्वारा लिइने परीक्षाको सबै सेवा, समूहको प्रथम पत्रको वस्तुगतः बहुबैकल्पिक प्रश्न (Multiple Choice Question)का लागि अत्यन्त उपयोगी रहेको छ ।)

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal
    New Baneshwor, Shankhamool, Kathmandu
    Contact No. 01-4792427, 9851246100, 9851146100