काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेले गएको आइतबार सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिको जिम्मा आफू लिन तयार नभएको बताएका छन्।
बुधबार ट्विटमार्फत उनले सभापतिले पत्रकार सम्मेलनमा बोलेका कुराहरुको जिम्मा आफू लिन तयार नभएको बताएका हुन्।
उनले भनेका लेखेका ‘हो, म राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार गरेका निर्णयको स्वामित्व लिन्छु। हामीले व्यापक छलफल गरेका थियौं। म पत्रकार सम्मेलनको तयारीमा सहभागी थिइनँ। जे भनियो, जुन शैलीमा भनियो र जे कुरा भन्न छुटाइयो त्यसको म जिम्मा लिन्नँ।’
आइतबार बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
रास्वपा सरकारबाट बाहिरिएको भोलिपल्टै रास्वपाका तीन मन्त्रीले राजीनामा बुझाएका थिए ।