राष्ट्रपति भण्डारीले गरिन प्रतिनिधिसभाका सांसदलाई भोजको निम्तो - Chaitanya News
  • 2026-06-30
  • 11:36:46
  • मंगलबार,आषाढ १६, २०८३
  • राष्ट्रपति भण्डारीले गरिन प्रतिनिधिसभाका सांसदलाई भोजको निम्तो

    राष्ट्रपति भण्डारीले गरिन प्रतिनिधिसभाका सांसदलाई भोजको निम्तो

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई भोज दिने भएकी छन्। स्रोतका अनुसार राष्ट्रपति भण्डारीले माघ २८ गते शनिबार ३ बजे राष्ट्रपति कार्यालयमा दिवा भोज आयोजना गरेकी छन्।

    राष्ट्रपति कार्यालयले माघ २८ गतेको भोजका लागि सांसदलाई एसएमएसमार्फत निम्तो पठाइएको छ। आफ्नो मोबाइलमा एसएमएस आएको प्रतिनिधिसभाका एक सांसदले जानकारी दिए।