राप्रपाले संविधानविरुद्ध विषमन गरेको रामकुमारी झाँक्रीको आरोप - Chaitanya News
  • 2026-05-15
  • 09:48:16
  • शुक्रबार,जेठ ०१, २०८३
  • राप्रपाले संविधानविरुद्ध विषमन गरेको रामकुमारी झाँक्रीको आरोप

    राप्रपाले संविधानविरुद्ध विषमन गरेको रामकुमारी झाँक्रीको आरोप

    काठमाडौं– (एकीकृत समाजवादी) की सचिव तथा पूर्वशहरीमन्त्री रामकुमारी झाँक्रीले राप्रपाले संविधानविरुद्ध संसदमा विषमन गरेको नेकपा आरोप लगाएकी छन्।

    संसदभित्रै संविधानविरुद्ध राप्रपाले जात्रा देखाएको भन्दै उनले आपत्तिसमेत जनाइन्।

    बुधबार कामठमाडौंमा आयोजित अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा झाँक्रीले नागरिकलाई फेरि पनि निराश बनाउने गरी संविधान र व्यवस्थाविरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिइन्।

    ठूला दलहरूले नागरिकको अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने बेला आएको भन्दै सरकारमा गएकाहरूले पनि जिम्मेवारीपूर्ण ढंगले नागरिकको पक्षमा काम गर्नुपर्ने उनको भनाइ थियो।

    सचिव झाँक्रीले भन्नुभयो, ‘संसदमा जात्रा देखिएको छ। व्यवस्थाका विरुद्धमा विषवमन गरिएको छ। त्यही संविधानविरुद्ध विषवमन गरिएको छ। यसले नागरिकलाई निराश बनाएको छ।’