दाङ– लुुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी विजयी भएका छन। बुधबार भएको मतदानपछिको मतगणनाअनुसार दसौली ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका हुन्।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार माधव आचार्यले ३७ सय २० मतभार प्राप्त गरेका छन्।
राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो। निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरूले मतदान गरेका थिए।