संसदमा जात्रा देखिएको छ : झाँक्री - Chaitanya News
  • 2026-05-15
  • 09:47:26
  • शुक्रबार,जेठ ०१, २०८३
  • संसदमा जात्रा देखिएको छ : झाँक्री

    संसदमा जात्रा देखिएको छ : झाँक्री

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी) की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गरेकी छन। संसदभित्रै संविधानविरुद्ध विषवमन गरेर राप्रपाले जात्रा देखाएको भन्दै उनले आपत्तिसमेत जनाइन।

    बुधवार काठमाण्डौमा आयोजित अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाँक्रीले नागरिकलाई फेरि पनि निराश बनाउने गरी संविधान र व्यवस्थाकोविरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिइन। सचिव झाँक्रीले ठूला दलहरूले नागरिकको अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने बेला आएको पटक–पटक दोहोर्‍याइन। उनले सरकारमा गएकाहरूले पनि जिम्मेवारीपूर्ण ढङ्गले नागरिकको पक्षमा काम गर्नुपर्ने बताइन।

    सचिव झाँक्रीले भनिन् ‘संसदमा जात्रा देखिएको छ। व्यवस्थाका विरुद्धमा विषवमन गरिएको छ। त्यही संविधानका विरुद्ध विषवमन गरिएको छ। यसले नागरिकलाई निराश बनाएको छ।’

    सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अब नागरिकको अवस्था परिवर्तन हुने गरी काम गर्ने गरी सबै राजनीतिक दलले योजना बनाउनुपर्ने बताइन। उनले बदलाको भाव राखेर देशलाई समृद्ध बनाउन नसकिने पनि बताइन।