ओलीको अहंकार कायमै रहे संघीय संसद पाँच वर्ष अघिनै विघटन हुने डर छ : नेता पौडेल - Chaitanya News
  • 2026-05-15
  • 09:47:26
  • शुक्रबार,जेठ ०१, २०८३
  • ओलीको अहंकार कायमै रहे संघीय संसद पाँच वर्ष अघिनै विघटन हुने डर छ : नेता पौडेल

    ओलीको अहंकार कायमै रहे संघीय संसद पाँच वर्ष अघिनै विघटन हुने डर छ : नेता पौडेल

    काठमाडौं– नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद पाँच वर्ष अघिनै विघटन हुने डर आफूलाई लागेको बताएका छन् ।

    ओलीले संसदमा गरेको पछिल्लो सम्बोधनले त्यो कुरालाई संकेत गर्ने उनको जिकीर थियो। बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले केपी ओली प्रवृत्ति बलियो हुँदै गयो भने त्यसले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन नसक्ने आरोपसमेत लगाए।

    नेता पौडेलले ओलीले आफ्नै अहंकारका कारण आफू नेतृत्वको सरकार गुमाउनु परेको पनि बताए। ओलीले दुई तिहाई नेतृत्वको सरकार चलाउन पाएपनि मुलुकको हितमा काम गर्न नसकेको उनको बुझाई थियो।

    नेता पौडेलले छोटो समयमै सत्तालिप्सा देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि असन्तुष्टि व्यक्त गरे। मुलुकमा बैकल्पिक शक्ति भनेर उदाएको सो पार्टीले पुरानै शैली अप्नाएर मुलुकलाई अघि बढाउने योजना ल्याउन नसकेको उनको भनाई थियो।