लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु - Chaitanya News
  • 2026-05-15
  • 09:47:00
  • शुक्रबार,जेठ ०१, २०८३
  • लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु

    लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु

    दाङ– लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ।

    केहीबेर अगाडि सम्पन्न भएको निर्वाचनमा ३०४ जनाको मत खसेको छ। लुम्बिनी प्रदेशसभामा कुल ३०५ जना सदस्य छन्।

    रुपन्देहीको मर्चाबार गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको भोट नखसेको मुख्यनिर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए। उनका अनुसार उपाध्यक्ष सिंह भारत गएका छन्।

    प्रदेशसभातर्फ ८७ मतमध्ये सबै र पालिकातर्फ २१८ मत मध्य २१७ मत खसेको छ।

    मतपरिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ।