३ बुँदे सहमतिअनुसार जनक्रान्तिका सम्पूर्ण कमरेडहरू मुक्त हुनुपर्छ : प्रवक्ता विश्वकर्मा - Chaitanya News
  • 2026-05-15
  • 09:48:42
  • शुक्रबार,जेठ ०१, २०८३
  • ३ बुँदे सहमतिअनुसार जनक्रान्तिका सम्पूर्ण कमरेडहरू मुक्त हुनुपर्छ : प्रवक्ता विश्वकर्मा

    ३ बुँदे सहमतिअनुसार जनक्रान्तिका सम्पूर्ण कमरेडहरू मुक्त हुनुपर्छ : प्रवक्ता विश्वकर्मा

    काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ।

    बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो।

    पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पार्टीले आगामी फागुन ५ र १५ गते चर्को महंगीका बिरुद्धमा देशव्यापी विरोध गर्ने बताए।

    उनले पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि बताए।

    प्रवक्ता विश्वकर्माले भने, ‘पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने, पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टीका साथै राजनीतिक दलहरूबीच रूपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको छ। एमसिसी, एनसिएल, एसपिपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका विरुद्ध संघर्ष गरिनेछ। राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्छ। फागुन ५ गते मिटरब्याज, बैंकको चर्को ब्याजदर र लघुवित्तका विरुद्ध र फागुन १५ गते चर्को महंगीका विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्नेछ। ३ बुँदे सहमतिअनुसार एकीकृत जनक्रान्तिका सम्पूर्ण कमरेडहरू मुक्त गर्नुपर्छ। साथै मुद्दाहरू खारेज गरिनुपर्छ।’