अभिनेत्री करिश्माले दिइन् साइबर ब्यूरोमा उजुरी - Chaitanya News
  • 2026-05-24
  • 20:37:42
  • आइतबार,जेठ १०, २०८३
  • अभिनेत्री करिश्माले दिइन् साइबर ब्यूरोमा उजुरी

    अभिनेत्री करिश्माले दिइन् साइबर ब्यूरोमा उजुरी

    काठमाडौं– अभिनेत्री करिश्मा मानन्धरले साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

    करिश्माले आफूविरुद्ध जथाभावी बोलेको र गलत टिप्पणी गरेको भन्दै मंगलबार साइबर ब्यूरोमा उजुरी दिएकी हुन्। करिश्माले डिल्लीराम खनाल नामका व्यक्तिले युट्युबमा आफूलाई व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको आरोपमा उजुरी दिएकी हुन्।

    डिल्लीरामले एउटा अन्तर्वार्तामा करिश्मालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडेर विवादास्पद अभिव्यक्ति दिएका थिए। सामाजिक सञ्जालमा करिश्माले अति भएपछि आफूले साइबर ब्यूरोमा निवेदन दिएको जानकारी दिएकी छन्।

    आफ्नो संसारमा खुशी छु भन्दै करिश्माले फेसबुकमा लेखेकी छन्, ‘उहाँ को हो? यो अत्ति भयो, भैहाल्यो भने । कलाकारलाई यस्तै भन्छन् भने सहे। हिजो साइबर ब्यूरोमा निवेदन हालेको छु। हेरु नेपालको कानून कत्तिको बलियो छ।’

    आफू हिन्दू भएकाले लिभिङ टुगेदरमा विश्वास नगर्ने उनको भनाइ छ।