भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु - Chaitanya News
  • 2026-05-01
  • 16:18:28
  • शुक्रबार,बैशाख १८, २०८३
  • भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु

    भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु

    काठमाडौँ- टर्कीमा सोमबार गएको भूकम्पमा परी गोलकिपर अहमेत एयुप तुर्कासलानको मृत्यु भएको छ । टर्कीको दोस्रो डिभिजन क्लब येनी मटाल्यास्पोरले गोलकिपर  तुर्कासलानको मृत्यु भएको पुष्टि गरेको छ ।

    २८ वर्षको गोलकिपर सोमबार हराइरहेको बताइएको थियो । मंगलबार उनको मृत्यु भएको पुष्टि भएपछि क्लबले आफ्नो गोलकिपरलाई श्रद्धांजलि अर्पण गरेको छ।

    ‘हाम्रा गोलकिपर अहमेट इयुप तुर्कासलानले भूकम्पमा परी ज्यान गुमाएका छन्। उनको चिरशान्तिको कामना’, क्लबले ट्वीट गर्दै भनेको छ, ‘हामी तपाईंलाई कहिल्यै बिर्सने छैनौं।’