ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-05-01
  • 16:17:59
  • शुक्रबार,बैशाख १८, २०८३
  • ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

    ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं –  प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड छलफलका लागि अध्यक्ष ओलीको निवास बालकोट पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    नेताद्वयबीच समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतलगायत विषयमा छलफल हुने बताइएको छ ।