काठमाडौं– नेपाली कांग्रेसका पूर्व सांसद कर्मा घलेको मृत्यु भएको छ। महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा घलेको मृत्यु भएको हो।
५९ वर्षीय घलेको मंगलबार (आज)मध्यान्ह मृत्यु भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। घले लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए। घले उपचारका लागि भारत पनि पुगेका थिए।
मनाङका घले २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए।
उनी कांग्रेसमा महासमिति सदस्य हुन्। सक्रिय राजनीतिका साथै सामाजिक कार्यहरुमा घलेको योगदान अतुलनीय रहेको प्रमुख सचेतक लेखकले विज्ञप्तिमा उल्लेख गरेका छन्।