बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त - Chaitanya News
  • 2026-06-30
  • 10:06:06
  • मंगलबार,आषाढ १६, २०८३
  • बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त

    बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त

    काठमाडौँ– बागमती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ।

    प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ललितपुर निवासी चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख सल्लाहकार डिपी ढकालले जानकारी दिए।

    अध्ययन तथा अनुसन्धानको क्षेत्रमा क्रियाशील चालिसे विश्व स्वास्थ्य सङ्गठन जेनेभाको स्वस्थ बुढ्यौली कार्यक्रममा विज्ञका रूपमा कार्यरत छन्।

    चालिसेले टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्। विभिन्न विषयमा अनुसन्धान गरेका चालिसे नेपाल जनसङ्ख्या सङ्घको उपाध्यक्षका रूपमा भूमिका निर्वाह गरेका छन्।