रवि लामिछानेविरुद्धको जाहेरी दर्ता प्रक्रिया अघि बढाइदिन माग गर्दै सरकारी वकिलको कार्यालयमा निवेदन - Chaitanya News
  • 2026-05-15
  • 08:29:36
  • शुक्रबार,जेठ ०१, २०८३
  • रवि लामिछानेविरुद्धको जाहेरी दर्ता प्रक्रिया अघि बढाइदिन माग गर्दै सरकारी वकिलको कार्यालयमा निवेदन

    रवि लामिछानेविरुद्धको जाहेरी दर्ता प्रक्रिया अघि बढाइदिन माग गर्दै सरकारी वकिलको कार्यालयमा निवेदन

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको जाहेरी दर्ता प्रक्रिया अघि बढाइदिन माग गर्दै सरकारी वकिलको कार्यालयमा निवेदन परेको छ।

    प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको हुँदा जाहेरी दरखास्त दर्ता प्रक्रिया अघि बढाइदिन भन्दै युवराज पौडेल (सफल)ले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा निदेवन दिएका हुन्।

    लामिछानेले अमेरिकी नागरिक रहेका बेला जानीजानी झुटो विवरण पेश गरेर नेपाली राहदानी लिएको हुँदा तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख)अनुसार पाँच वर्षसम्मको कैद र हदैसम्मको जरिवाना हुने गरी मुद्दा चलाउन निवेदनमा माग गरिएको छ। अमेरिकी पासपोर्ट लिएर नातेदार भिसामा नेपाल छिरेका रवि लामिछानेले त्यसकै १६ दिनमै नेपाली राहदानी बनाएका थिए।

    उनले माघ १७ गते प्रहरी परिसर, टेकुमा जाहेरी पेश गरे पनि पर्याप्त प्रमाण हुँदाहुँदै जाहेरी दर्ता नभएको निवेदनमा उल्लेख गरेका छन्।