बर्दियामा विवाह गर्न वडाको सिफारिस अनिवार्य - Chaitanya News
  • 2026-10-28
  • 18:02:39
  • बुधबार,कार्तिक १२, २०८३
  • बर्दियामा विवाह गर्न वडाको सिफारिस अनिवार्य

    बर्दियामा विवाह गर्न वडाको सिफारिस अनिवार्य

    काठमाडौं– बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ले विवाहपूर्व अनिवार्य सिफरिस लिनुपर्ने नियम लगाएको छ।

    बाल विवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो।

    जारी विज्ञप्तिमा भनिएको छ, ‘बढ्दै गएको बाल विवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीहरूमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरिन्छ।’

    विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बाल विवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको छ।