रविलाई निकिताको सुझाव : ‘मेरो मान्छे, जनताको मान्छे हो, आमसञ्चारले के भन्छ छोडिदेउ’ - Chaitanya News
  • 2026-06-30
  • 10:05:34
  • मंगलबार,आषाढ १६, २०८३
  • रविलाई निकिताको सुझाव : ‘मेरो मान्छे, जनताको मान्छे हो, आमसञ्चारले के भन्छ छोडिदेउ’

    रविलाई निकिताको सुझाव : ‘मेरो मान्छे, जनताको मान्छे हो, आमसञ्चारले के भन्छ छोडिदेउ’

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले चर्चामा छन्। दुई दिनअघिको पत्रकार सम्मेलनपछि उनलाई नेपालका ठूला भनिएका सञ्चार माध्यमहरुले एकोहोरो खेदिरहेका छन्।

    पत्रकार सम्मेलनमा लामिछानेले उठाएका विषयमा आफ्नो धारणा व्यक्त गर्नु पर्नेमा ठूला मिडियाहरुले लामिछानेलाई नै खेद्न नछाडेपछि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले सामाजिक सञ्जालमार्फत मुख खोलेकी छिन्।

    मंगलबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै निकिताले लामिछानेलाई केही सुझाव दिएकी छिन्। ‘मेरो मान्छे, जनताको मान्छे हो, आमसञ्चारले के भन्छ छोडिदेउ, निकिताले लेखेकी छिन्– ‘आम मान्छेको मनमा छौ तिमी। हिजो तिमी जनतालाई दुख्दा कराउँथ्यौ, यसपटक आफैँलाई दुखेर कराएको हौ।’

    ‘मलाई यस्तै हिम्मतिलो तिमी मनपर्छ। निडर, निर्भीक रवि लामिछाने, जनताको रवि लामिछाने, मेरो रवि लामिछाने, निकिताले भनेकी छिन् – ‘भगवानले सधैँ तिम्रो रक्षा गर्छन्।’