चितवन– नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले माघ २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिने बर्ताएका छन।
चितवनको सौरहामा नेपाल प्रेस युनियनको बागमती प्रदेसको प्रथम अधिबेसनको उद्घाटनको क्रममा नेता कोइरालाले नेपाली काँग्रेसले राष्ट्रपतिमा दिएको उमेदवार नै विजयी हुने पनि बताए।
नेता कोइरालाले राष्ट्रपतिको उम्मेदवारलाई बिजयी गराउनको लागि केही दलहरुसँग सहमति गरेर जानु पर्ने हुन्छ किन भने नेपाली काँग्रेसको मात्र मतले नपुग्ने भएकोले सहमति जरुरी रहेको बताए।
तर उनले कुन कुन दलहरुसँग सहमतिको प्रयास भइरहेको छ भन्ने बारे भने खुलाएनन। नेता कोइरालाले सहमति गरेर भए पनि नेपाली काँग्रेसको उमेदवार राष्ट्रपतिमा जित्ने बताए।
नेता कोइरालाले देश अत्यन्तै अप्ठेरो अबस्थाबाट ग्रुज्रिरहेको बताउनुहुँदै सरकार अब कसरी अगाडि जान्छ भन्ने सोचनीय अबस्था भएको उल्लेख गरे।
उनले स्वतन्त्र न्यायपालिका र स्वतन्त्र सञ्चार यी दुई कुरा नभएसम्म लोकतन्त्र फस्टाउन नसक्ने पनि बताए।