मैतीदेवीको प्रहरी बिटमा पनि चल्यो काठमाण्डौ महानगरको डोजर - Chaitanya News
  • 2026-06-30
  • 10:05:34
  • मंगलबार,आषाढ १६, २०८३
  • मैतीदेवीको प्रहरी बिटमा पनि चल्यो काठमाण्डौ महानगरको डोजर

    मैतीदेवीको प्रहरी बिटमा पनि चल्यो काठमाण्डौ महानगरको डोजर

    काठमाडौं– काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ। मङ्गलवार महानगर प्रहरीले मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको बिट भत्काएको हो।

    महानगर प्रहरीको टोलीले प्रहरीका आवश्यक सामान सार्न लगाएर डोजर प्रयोग गरी प्रहरी बिट भत्काएको छ। मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन भएको थियो।

    यस क्षेत्रमा गाडीको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता रहकाले प्रहरी बिट भत्काइएको महानगरले बताएको छ।